अमेरिकी-इजरेली हमलामा ‘इरानका सर्वोच्च नेता खामेनेई मारिएका’ ट्रम्पको दाबी

अमेरिकी-इजरेली हमलामा ‘इरानका सर्वोच्च नेता खामेनेई मारिएका’ ट्रम्पको दाबी

Khamenei-111-1024×681

तेहरानमाथि अमेरिकी-इजरेली हमलामा परी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएका डोनल्ड ट्रम्पले बताएका छन्।ट्रम्पले “इरानी जनता”, “अमेरिकी जनता” र “विश्वभरि धेरै मानिसका निम्ति” “न्याय” भएको भनी सामाजिक सञ्जालमा लेखेका छन्।

उनले बमबारी “जारी रहने भन्दै “इरानी जनताका लागि “उनीहरूको देश फिर्ता लिने यो एक मात्र अवसर भएको” टिप्पणी गरेका छन्।अमेरिका र इजरेलले इरानमाथि आक्रमण गरेपछि पछिल्लो विकासक्रम भएको हो।

यसअघि इजरेलले सातजना इरानी अधिकारीहरूलाई मारिदिएको बताएको थियो। तर त्यसमा खामेनेईबारे केही भनिएको थिएन। अमेरिका र इजरेलले गरेको हमलाको जबाफमा इरानले मध्यपूर्वभरि आक्रमण गरेको छ।

प्रतिक्रिया

भर्खरै