धादिङ बस दुर्घटनाका मृतक सबैको पहिचान

धादिङ बस दुर्घटनाका मृतक सबैको पहिचान

Bus-1

पोखरा । धादिङ स्थित पृथ्वी राजमार्गमा खण्डमा साेमबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका सबै १९ जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मृतकहरूको सनाखत आफन्तको सम्पर्क र आवश्यक कागजातका आधारमा पूरा गरिएको हो।पोखराबाट काठमाडौंतर्फ जादै गरेको ग २ ख १४२१ नम्बरको बस करिब २०० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा  तीन जना विदेशी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ।

विदेशी मृतकमा बेलायती नागरिक २४ वर्षीय स्टुअर्ट डोमिनिक इथान, भारतीय नागरिक ३२ वर्षीय मनिष सुक्ला र चिनियाँ नागरिक ४० वर्षीया झाङ चुनचुन रहेका छन्।

१. कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं ३० बस्ने अन्दाजी वर्ष ४० का विवेक बस्तोला

२. स्याङ्जा जिल्ला वालिङ–१४ घर भई हाल जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका वडा नं ६ बस्ने वर्ष ६३ का चन्द्रबहादुर कुँवर

३. तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं ४ बस्ने अन्दाजी वर्ष ४० का ओमकुमार मल्ल

४. धादिङ जिल्ला साविक सल्यानकोट–८ हाल त्रिपुरासुन्दरी गाउँपालिका–४ बस्ने अन्दाजी वर्ष ३० का इन्जिनियर ठकुरी

५. तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका–७, मालेबगर बस्ने अन्दाजी वर्ष ५५ की विष्णुमाया ढकाल

६. काठमाडौं जिल्ला काडमाडौ महानगरपालिका बौद्ध टुसाल बस्ने अन्दाजी वर्ष ४२ का लोबसाङ गोले

६. तनहुँ जिल्ला भीमनगर नगरपालिका वडा नं ६ बस्ने अन्दाजी वर्ष ४६ का हरिप्रसाद सिग्देल

८. पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं २ बस्ने अन्दाजी वर्ष ५५ का नबिन्द्र श्रेष्ठ

९. तनहुँ जिल्ला शुक्लागण्डकी गाउँपालिका वडा नं ७ बस्ने वर्ष ६३ का रुद्रप्रसाद ढकाल

१०. तनहुँ जिल्ला शुक्लागण्डकी गाउँपालिका वडा नं २ बस्ने वर्ष २० की अर्चना पौडेल

११. कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं-१४, चाउथे बस्ने वर्ष २१ की अञ्जली क्षेत्री

१२. कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नं ३ बस्ने वर्ष २१ का रोहित नेपाली

१३. स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं ६ बस्ने वर्ष ४५ का धनश्याम सुवेदी

१४. काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं ३२, बुद्धनगर बस्ने वर्ष ३३ की अनिशा महर्जन

१५. मोरङ जिल्ला उर्लाबारी–१ स्थायी ठेगाना भएकी वर्ष २७ की हिरा चौधरी

१६. जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं- १९ बस्ने वर्ष २६ का सुजित नेपाली

बसमा चालकसहित ४४ जना सवार थिए, जसमध्ये २९ पुरुष र १५ महिला थिए। दुर्घटनामा २५ जना घाइते भएका छन्। उनीहरूको उपचार काठमाडौँस्थित नेशनल सिटी अस्पताल र ट्रमा सेन्टरमा भइरहेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरी र स्थानीय बासिन्दाले उद्धार कार्य सञ्चालन गरेका थिए। मृतकको शव पोस्टमार्टमका लागि पठाइएको छ। दुर्घटनाको कारणबारे छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्याल ले धादिङ पुगेर तथा काठमाडौँका अस्पतालमा गई घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्।

प्रतिक्रिया

भर्खरै