धादिङमा बस दुर्घटना हुँदा दुई विदेशीसहित १८ जनाको मृत्यु

धादिङमा बस दुर्घटना हुँदा दुई विदेशीसहित १८ जनाको मृत्यु

accident_UPDhwBMd6M

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै  बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँ जादै गरेको ग२ ख १४२१ नं को बस राति करिब साढे १ बजे पृथ्वी राजमार्गबाट त्रिशुली नदी किनारमा खसेको थियो । मृतक मध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् ।

बसमा ४६ जना सवार रहेको बताइएको छ । २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ । दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको प्रहरीको भनाइ छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ पठाइएको छ । जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए । मृतक र घाइतेहरुको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया

भर्खरै