पोखरा । पोखराको अमरसिंह माविमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले युनाइटेड क्लबले डिजिटल स्मार्टबोर्ड प्रदान गरेको छ । पोखराको अमरसिंह खेल मैदानमा पोखरा महोत्सव आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्वनसँगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाइटेड क्लब पोखराले अमरसिंह माविमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको लागि २ थान डिजिटल स्मार्टबोर्ड प्रदान गरेको हो ।

सो अवसरमा वोल्दै युनाइटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले क्लबले स्थापना कालदेखि नै अमरसिंह माविसँगको सहकार्यमा पोखरा महोत्सवको गरेर विद्यालयलाई आर्थिक र भौतिक सहयोग गर्दै आएको बताए । १४ औं पोखरा महोत्सव भब्य र सभ्य रुपमा सम्पन्न गरेको एक हप्तामै पुन अमरसिंह माविमा विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुग्ने गरी शैक्षिक सामाग्री हस्तान्तरण गर्न पाउदा खुसी लागेको बताउँदै युनाइटेड क्लबले शिक्षा क्षेत्रमा एक उदाहरणीय काम गर्न लागेको बताए । सो अवसरमा वोल्दै अमरसिंह मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइरालाले युनाइटेड क्लब पोखरा र अमरसिंह माविबिच नङ र मासु जस्तै सम्बन्ध रहेको बताए ।
युनाइटेड क्लबका अध्यक्ष लोकबहादुर थापाले क्लब र अमरसिंह माविको सहकार्यमा पोखरा महोत्सव १४ औं संस्करणसम्म आइपुगेको बताए । युनाइटेड क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले पोखरा महोत्सवको आम्दानीबाट क्बले दर्जन बढी विद्यालयहरुमा छात्रवृत्ति अक्षयकोष स्थापना सँंगै अमरसिंह माविमा अध्ययनर विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेको बताउनुभयो । क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्वअध्यक्ष सुकबहादुर गुरुङ द्धितीय उपाध्यक्ष सूर्यबहादुर बानियाँ, कोषाध्यक्ष जयराम आचार्य, कार्यसमिति सदस्यहरु विष्णुकुमार गुरुङ, पूर्णकुमार श्रेष्ठ, विजय कार्की, बुद्ध कार्की, सल्लाहकार रमेशबहादुर कार्की लगायत सहभागी थिए ।