पोखरा । पोखराका पर्यटनकर्मीले पोखरा घुम्नका लागि इटहरि, विराटनगर, जनकपुर र चितवनकाे भरतपुरमा पत्रकार सम्मेलन गरी निम्ता बाँडेका छन् । पोखरा भ्रमण वर्ष २०२५ र अंग्रेजी नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष हुने पाेखरा सडक महोत्सवको अवसरमा निम्तो गर्न पाेखराका पर्यटनकर्मी र पाेखरा महानगरपालिका ती सहरमा पुगेका हुन् । पाेखरा महानगरपालिकाले सन २०२५ लाई पाेखरा भ्रमण वर्ष घाेषणा गरेको छ ।

आगामी पुस १३ गते देखी १७ गतेसम्म ( अँग्रेजी नयाँ वर्षको अवसर) २७ औँ पोखरा सडक महोत्सवमा सहभागी हुन निम्ता बाँड्दै हिँडेको पोखरेली पर्यटनकर्मीहरूको टोली मंगलबार पोखरा फर्किएको छ । टोलीले पर्यटन व्यवसायी , पत्रकार , स्थानीय पालिकाका प्रतिनिधि र राजनीतिक दलका नेताहरुसग भेटघाट गरेको छ । उनीहरूले भेटका क्रममा पोखरा घुम्न आउन निम्ता गरे ।
पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयाेजक गोपीबहादुर भट्टराईले पोखरा घुुम्नका लागि सुरक्षित रहेको सन्देश डिजिटल प्लेटफर्म मार्फत प्रवाह गरिरहेको जानकारी दिए । जेनजी पछि पोखराका कन्टेनहरुलाई डिजिटल रुपमा प्रस्तुत गरेको उनले जानकारी दिए ।

२७ औ पोखरा सडक महोत्सव पोखराको मात्रै नभएर गण्डकी प्रदेशकै महत्त्वपूर्ण कार्यक्रम भएको बताए । उनले भने , हामी विदेश घुम्न जाने पर्यटकलाई नयाँ वर्षको अवसरमा पोखरा घुम्न आउनुस् भन्न यहाँ आई पुगेका छौ । उनले सडक महोत्सवका बारेमा जानकारी दिनु र धेरै भन्दा धेरै पर्यटक पोखरा लैजानु नै हाम्रो उद्देश्य रहेको बताए ।
उनले पोखरामा पर्यटन संस्कार रहेको भन्दै सरकार र निजी क्षेत्रका बिचमा सहकार्य आवश्यक रहेको बताए । उनले भने ,कुनै पनि काम गर्न सरकार आवश्यक छ । हामीसँग पोखरा महानगर पालिका र प्रदेश सरकारसँगै छ । त्यस कारणले पनि पोखराको पर्यटन व्यवसाय राम्रो हुँदै गएको छ । कुनै पनि कुराका लागि सरकार आवश्यक हुन्छ । त्यो बाहेक हामी पनि युनिफाइड छौ ।
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा फेवा तालको किनार लेक साइडको करिब साढे तीन किलोमिटर क्षेत्रमा पोखरा सडक महोत्सव २७ वर्ष देखि आयोजना हुँदै आएकाले सो कार्यक्रममा निम्ता बाँड्न देश भरी हिँडेको रेबान पोखराका उपाध्यक्ष तथा महाेत्सव संयाेजक वसन्त गौतमले बताए । “सडक मै खाऊ, सडक मै नाचौँ, सडक मै रमाऊूँ भन्ने मूल नाराका साथ खाना, संस्कृति र सङ्गीतलाई प्रवर्द्धन गर्न मोहत्वको आयोजना गरिएको बताए महोत्वबका बेला विभिन्न छुट भएको समेत व्यवसायी हरुले जानकारी गराए ।
पोखरा भ्रमण वर्ष २०२५ र आउँदै गरेको २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ पुर्वी नेपाल पुगेको हाे । पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले प्रवर्धनात्मक कार्यक्रमले आन्तरिक पर्यटनलाई चलयमान बनाउने र प्रत्यक्ष भेटघाटमार्फत गरिने निमन्त्रणाले पर्यटकको विश्वास बढाउने बताए । यस्ता खाले निमन्त्रणात्मक कार्यक्रमले छुट्टाछुट्टै सहर बिच आपसी सद्भाव कायम गर्दै पर्यटन प्रवद्र्धनमा उल्लेख्य भूमिका खेल्ने संयोजक भट्टराईको भनाइ छ ।
गौतमका अनुसार महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुद तर्फ डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने लगायत अन्य थप प्रतियोगिताहरु समावेस गरिने छ । सचेतनामुलक सडक नाटक, सेल्फी फोटो बुथलगायत रहनेछन् । पत्रकार सम्मेलनमै पोखरा र पोखरा सडक महोत्सवको प्रवद्र्धनात्मक श्रव्यदृष्य सामग्री प्रस्तुत गरिएको थियो ।
टाेलीमा सहभागी पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले अंग्रेजी नयाँ वर्षमा हुने पोखरा सडक महोत्सव अन्तर्राष्ट्रिय स्तरमै एउटा ब्राण्ड बनिसकेको बताउँदै पोखरा भ्रमणका लागि निमन्त्रणा दिए । त्यस्तै रेबानका पूर्व अध्यक्ष सूर्य भुजेलले यस पटकको महोत्सवमा मिथिला संस्कृती समेत समेटिएको बताउँदै महोत्सव अवलोकनका लागि पोखरा आउन जनकपुरवासीलाई अनुरोध गरे ।
जनकपुरमा भएको पत्रकार सम्मेलनमा पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन शाहले जनकपुरका पर्यटक पोखरा पठाउने र पोखराका पर्यटकलाई जनकपुरमा ल्याउनका लागि समन्वय गरि अगाडी बढ्नुपर्ने बताए । पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले धार्मिक पर्यटन मार्फत् पोखरा र जनकपुरलाई जोड्नुपर्ने बताए ।
महोत्सवमा पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनी गरिने छ । त्यस्तै, पोखराका विभिन्न साहसिक गतिविधि समेटिएको वृत्तचित्र प्रदर्शन, पर्यटकीय गन्तब्यको प्रवद्र्दन गरिने छ । रेवान पोखराका महासचिव बीरेन्द्र शेरचनले कार्यक्रम सञ्चालन गरेका थिए । २० सदस्यीय उक्त भ्रमण टोलीमा पोखरा भ्रमण वर्ष–२०२५ कार्य सम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, रेबान पोखराका उपाध्यक्ष एवं २७ औं पोखरा सडक महोत्सवका संयोजक बसन्त गौतम, महासचिव वीरेन्द्र शेरचन, पूर्वअध्यक्ष सूर्य भुजेल, सदस्य लोक गुरुङ, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल रहेका थिए ।
त्यसैगरि टोलीमा पत्रकार बिनोद लामिछाने, राजु गिरी, नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल, सडक महोत्सवका सह–संयोजक सुमन भट्टराई, नारा गण्डकीका अध्यक्ष वीरेन्द्र लामा, पोखरा भ्रमण वर्ष समितिका सहसंयाेजक दामोदर भक्त थापा, कृष्णचन्द्र न्यौपाने, पोखरा महानगरपालिका लेखा अधिकृत छवि शर्मा, व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, किरण रेग्मी, पोखरा उद्योग वाणिज्य संघका उपाघ्यक्ष दिनेश बास्तोला, ना गण्डकीका अध्यक्ष अनील केसी थिए । पाेखरा भ्रमणको निम्ताे दिन काठमाडौंमा पनि आज पत्रकार सम्मेलन गरिँदै छ ।