कास्कीमा अवैध पट्का बरामद, खाल्डो खनेर नष्ट गरियो

कास्कीमा अवैध पट्का बरामद, खाल्डो खनेर नष्ट गरियो

22

पोखरा।तिहार पर्व नजिकिँदै गर्दा कास्की जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा पट्का पड्काइएका घटनाबारे प्राप्त जनगुनासोका आधारमा प्रहरीले विशेष निगरानी तथा नियन्त्रण अभियान सञ्चालन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीहरूले संयुक्त रूपमा सञ्चालन गरेको अभियानका क्रममा विभिन्न स्थानबाट विभिन्न प्रकारका पट्का बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको पट्का खाल्डो खनी पानीले नष्ट गरी सुरक्षित रूपमा पुरिएको हो ।

प्रहरीका अनुसार बरामद गरिएको वस्तुहरूमा

  • खुर्सानी पट्का – १५ प्याकेट
  • आलु पट्का – २५ वटा
  • स्काई सर्ट पट्का – १ पिस
  • हेलन सट्स – १ प्याकेट
  • १२ स्टार पट्का – २ प्याकेट
  • रकेट पट्का – २० पिस
  • मिनी बुलेट पट्का – ६० पिस

रहेका छन् । प्रहरीले तिहार पर्वको समयमा बालबालिका र सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै यस्ता विस्फोटक सामग्रीको उत्पादन, बिक्री–वितरण र प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । साथै, अवैध रूपमा पट्का बनाउने, बिक्री गर्ने वा प्रयोग गर्नेहरूलाई कानूनी कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया

भर्खरै