गण्डकीसहित ४ प्रदेशमा वर्षाको सम्भावना

गण्डकीसहित ४ प्रदेशमा वर्षाको सम्भावना

weather photo
पोखरा । सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको
मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित छ । फलस्वरुप, नेपालमा मनसुन केही कमजोर हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया