महिलातर्फ एपिएफ, पुलिस र डायमन्डको दोस्रो जित

पिएम कप भलिबल

महिलातर्फ एपिएफ, पुलिस र डायमन्डको दोस्रो जित

pm volley ball 3rd day

पोखरा । पोखरामा जारी नवौँ प्रधानमन्त्री एनभिए कप भलिबलमा विभागीय टोली एपपिएफले महिलातर्फ दोस्रो जित निकालेको छ । पोखरा रङ्गशालाको कभर्ड हलमा शनिबार भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपीएफले २५–७, २५–२३ र २५–२० ले खेल आफ्नो पक्षमा पारेको हो । एपिएफले पहिलो खेलमा कर्णाली प्रदेशलाई गराएको थियो ।आर्मीको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा एभरेस्ट भलिबल क्लबसँग पराजित भएको थियो ।

शनिबार भएको महिलातर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई सोझो सेटमा हरायो । पुलिसको पनि दोस्रो जित हो । कर्णालीलाई २५–५, २५–९ र २५–११ ले नतिजामा हराउँदै पुलिसले ३ अंक जोडेको छ ।

महिलातर्फ नै टिपटप न्यु डायमन्डले एभरेस्ट भलिबल क्लबलाई ३–१ को सेटमा पराजित ग¥यो । पहिलो सेट २१–२५ ले गुमाएको न्यु डायमन्डले दोस्रो सेट २५–२३, तेस्रो सेट २५–१४ र चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पा¥यो । शुक्रबार भएको खेलमा डायमन्डले कर्णाली प्रदेशलाई पराजित गरेको थियो । डायमन्डले दोस्रो जित निकालेको छ ।

१५ गतेसम्म चल्ने प्रतियोगितामा दुबैतर्फका विजेताले ८ लाख, उपविजेताले चार लाख र तेस्रो हुनेले २ लाख प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली सहभागी छन् । राउन्ड रोबिन लिग चरणपछि शीर्ष ४ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया