लायन्स भलिबलमा इरानको टोली सेमिफाइनलमा

लायन्स भलिबलमा इरानको टोली सेमिफाइनलमा

lions volley ball news photo 19

पोखरा । प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलमा इरानको टोली सेमिफाइनल पुगेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको खेलमा गण्डकी प्रदेशलाई ३—१ को सेटले पराजित गर्दै इरानी टोली सेमिफाइनलमा पुगेको हो ।

पहिलो सेट १४–२५ ले गुमाएको गण्डकीले दोस्रो सेट पुनरागमन गर्दै २५–१७ को जित निकालेको थियो । तर, तेस्रो र चौथो सेटमा लय गुमाउन पुग्दा गण्डकीले हार बेहोर्नुप¥यो । इरानी टोलीले तेस्रो सेट २५–१८ र चौथो सेट २७–२५ ले आफ्नो पक्षमा पा¥यो ।

इरानी टोलीले यसअघि शसस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटले पराजित गरेको थियो । समूह ‘ए’ अन्तर्गत अन्तिम खेल गण्डकी प्रदेश र एपिएफबीच हुनेछ । उक्त खेलको विजेताले सेमिफाइनलमा पुग्नेछ । शुक्रबारको दोस्रो खेल समूह ‘बी’ अन्तर्गत भारतीय टोली र त्रिभुवन आर्मी क्लबबीच हुँदैछ । यसअघि, हिजो भएको खेलमा भारतीय टोली नेपाल पुलिस क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा प्रतियोगिता भएको हो ।

प्रतिक्रिया

भर्खरै