पोखरा । शिक्षकहरुकाे आन्दाेलनले कक्षाा १२ को परीक्षा सरेको छ । आन्दाेलनरत शिक्षक महासंघको दबाबपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बताए । भाेलिदेखि परीक्षा हुने तालिका थियाे ।
बोर्डका अध्यक्ष शर्मासहितको टोली मंगलबार साँझ प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न बालुवाटार गएको थियो । छलफलमा प्रधानमन्त्रीले केही दिन परीक्षा सार्न निर्देशन दिएका थिए । बिहानको बोर्ड बैठकले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्थित जिल्ला परीक्षा समन्वय समितिलाई जिम्मा दिएर कर्मचारी परिचालन गरी परीक्षा गर्ने निर्णय गरेको थियो ।
कक्षा १२ को परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुँदै छन् । परीक्षाका लागि जापानसहित एक हजार पाँच सय ९१ परीक्षा केन्द्र निर्धारित थिए । परीक्षामा एक हजार ८ सय देखि २ हजार कर्मचारी, हरेक केन्द्रमा एकजना कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गर्न लागिएको थियो ।