पोखरा । पोखरामा मंगलबार गुरुङ समुदायले ट्होटेँ पर्व मनाएका छन् । चैतको अन्तिम मंगलबार गुरुङहरूले सांस्कृतिक, एकताको मौलिक पर्वका रुपमा ट्होटेँं मनाएका हुन् ।
प्रत्येक साउन र चैतको अन्तिम मंगलबार सडकमा र्याली निकालेर उनीहरुले ट्होटेँ मनाउँदै आएका छन् । मंगलबार पनि तमुधिँ नेपालको अगुवाइमा पोखरामा ट्होटेँ पव मनाइएको हो । पोखरा सभागृहबाट सुरु भएको ट्होटेँ ¥याली पृथ्वीचोक, नयाँबजारहुँदै तमुधिँ नेपालको कार्यालयमा पुगेको थियो । गुरुङ भाषामा ट्हो भनेको राज्य र टेँ भनेको धपाउने अर्थात राज्यबाट शत्रुलाई लखेटने भन्ने बुझिन्छ । गाउँघरमा भने भुतप्रेत भगाउने पर्वको रुपमा ट्होटे मनाउने गरिएको छ । साउनमा उधौली र चैत्रमा उभौली ट्होंटे मनाउने परम्परा छ ।
पछिल्लो समयमा भने मुलुकमा देखिएको विकृति विसंगतिको अन्त्य र भ्रष्टाचार विरुद्ध तथा संघियताको पक्षका रुपमा पर्वलाई मनाउन थालिएको तमुधिँ नेपालका अध्यक्ष हुमबहादुर तमुले बताउनुभयो । ट्होटें पर्व मनाएसँगै मानिसहरूमा रोग व्यथा हट्ने, प्राकृतिक प्रकोपहरू कम हुने, खेतीबाली राम्रो हुने, सुख–शान्ति प्राप्त हुने जनविश्वास रहेको छ ।
कास्की, लमजुङ, तनहुँ, स्याङजा, पर्वत, लगायतका जिल्लामा बस्ने गुरुङले ठूलो सांस्कृतिक चार्डका रुपमा यसलाई मनाउँदछन् । समुदायका विदेश भएकाहरु पनि ट्होटे मनाउन स्वदेश आउने गरेको तमुको भनाइ छ । गुरुङ समुदायले निकालेको ट्होटँे ¥यालीमा अन्य समुदायका व्यक्तिहरु पनि सहभागी हुने गरेका छन् ।
जोगी तथा झाक्रीको भेषमा हातमा तरबार, लठ्ठी धनुषबाँण, र झार बोकेर मुखभरी कालो पोतेर युवकहरु भोटो कछाडमा देखिएका थिए भने युवतीहरु गुन्युचोली, पटुकी र चुरापोतेसहित जातीय पोशाकमा सजिएका थिए । र्याली तमुहरुको मूल घर तमुधिँ नेपालमा पुगेपछि ाांस्कृतिक प्रस्तुतिसहित ट्होटेँ खेल्दै मनाएका हुन् । ट्होटेँ खेली सेती नदीमा विसर्जन गरी पर्व समापन गर्ने गरिन्छ ।