केपी ओली कप क्रिकेटमा काठमाडौं र हेटौंडा विजयी

केपी ओली कप क्रिकेटमा काठमाडौं र हेटौंडा विजयी

ktm vs syanja

पोखरा । केपी ओली कप राष्ट्रिय खुल्ला टी ट्वान्टी पुरुष क्रिकेटको दोस्रो दिनको खेलमा सिइसी काठमाडौँ र हेटौंडा स्पोट्र्स एकेडेमी विजयी भएका छन् ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी खेलमा प्रतियोगिताको समूह ‘ए’ बाट दुई खेलमा जित निकाल्दै काठमाडालेैं सेमिफाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । १ सय २७ रनको विजयी लक्ष्य पाएको काठमाडौंले १४ दशमलव १ ओभरमा ३ विकेट गुमाउँदै १ सय २७ रन पूरा गर्‍याे। त्यसअघि टस जितेर ब्याटिङ थालेको स्याङ्जाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २६ रन बनायो ।

आइतबारको पहिलो खेलमा पोखरा महानगर क्रिकेट क्लब विरूद्धको खेलमा हेटौडा बिजयी बनेको छ । आइतबार भएको पहिलो खेलमा हेटौडाले पोखरा महानगरपालिकालाई ४ विकेटले पराजित गरेको हो । घरेलु मैदानमा पोखराकोे दोस्रो पराजय हो । पोखरा पहिलो खेलमा स्याङ्जासँग पराजित भएको थियो । समूह ‘ए’को खेलमा पहिलो दिन काठमाडौंसँग हारेको हेटौडाले पोखरा महानगरलाई पराजित गर्दै २ अंक जोड्न सफल भएको छ । यसअघि टस जितेर ब्याटिङमा उत्रिएको पोखरा महानगर १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ७१ रनमा समेटियो ।

१६ टिमको सहभागिता रहेको प्रतियोगिता वैशाख ५ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । म्यान अफ दी सिरिजले नगद ३० हजार, बेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद रु १० हजार र म्यान अफ दी म्याचले नगद ५ हजारका साथमा ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिता लिग कम नकाउटका आधारमा सञ्चालन गरिएको छ ।

प्रतिक्रिया