पोखराकाे हिमालय क्लबले विविध कार्यक्रम गरी स्थापना दिवस मनाउने

पोखराकाे हिमालय क्लबले विविध कार्यक्रम गरी स्थापना दिवस मनाउने

Himalaya pic

पोखरा । पोखरा महानगर पालिका वडा नम्बर १६ मा रहेकाे  सामाजिक संस्था हिमालय क्लब, बाटुलेचौरले विभिन्न कार्यक्रम गरी २८ औं स्थापना दिवस मनाउने भएको छ । क्लबले बिहीबार एक कार्यक्रमकाबीच यही कात्तिक २२ गते स्थापना दिवस मनाउने गरी तयारी सुरु गरेको जनाएको छ ।

दिवसका अवसरमा २७ औं रक्तदान तथा चियापान कार्यक्रम गर्ने र सोही दिन क्लबद्वारा संचालित स्व. नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार वितरण, सावित्री लीलाधर उत्कृष्ट कृषक पुरस्कार तथा विपन्न एकल महिला सहयोग वितरणसहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिने क्लबका अध्यक्ष मोहनबहादुर थापाले जानकारी दिए ।

कार्यक्रम सम्पन्न गर्न द्वितीय उपाध्यक्ष प्रकाश थापाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । समाजसेवा पुरस्कारको राशि नगद १५ हजार, सल र सम्मानपत्र रहेको छ । सो पुरस्कार यसअघि उद्योगपति गणेशबहादुर श्रेष्ठ, तेजबहादुर गुरुङ, लायन स्व. गोविन्दबहादुर केसी, अग्रज भलिबल खेलाडी स्व. उदयबहादुर वस्नेत, सिद्घार्थ क्लब र नवआर्दश सामुदायिक विकास संस्थालाई प्रदान गरिएको थियो ।

वि.सं. २०५४ साल कात्तिक १२ गते स्थापना भएको क्लबले क्लब प्रांगणमा साँझ दिप प्रज्ज्वलन गर्ने सचिव तुलबहादुर वबस्नेतले जानकारी दिए । क्लबको बैठकले ९ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । जसमा राजेन्द्रबहादुर देवकोटा,खिमलाल अधिकारी,कुमार श्रेष्ठ, चित्रबहादुर थापा, गुरुदत्त भट्टराई, दुर्गा केसी थापा, राजकुमारी बानियाँ, कानुनी सल्लाहकार अधिवक्ता शालिग्राम भट्टराई, र पदेन सल्लाहकारमा वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना रहेका छन् ।

प्रतिक्रिया