भारतबाट इन्धनको मूल्य घटेर आयो

भारतबाट इन्धनको मूल्य घटेर आयो

पेट्रोलियम पदार्थ

भारतबाट इन्धनको मूल्य घटेर आएको छ।

ग्यासको मूल्यमा केही वृद्धि भएपनि अरूको मूल्य घटेको हो।

नेपाल आयल निगमका अनुसार पेट्रोलमा १.२१, डिजेलमा ५.०५, मट्टितेलमा ३.४०, हवाई इन्धनमा ७.०३ रुपैयाँ घटेर आएको हो।

नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी) ले बुधबार इन्धनको नयाँ लागत मूल्य पठाएको हो।

ग्यासको मूल्यमा भने ३३९.०६ रुपैयाँ बढेर आएको छ। अब, निगमलाई १५ दिनमा १५ करोड रुपैयाँ नाफा हुनेछ।

निगमले सरकार र इन्डियन आयल कर्पोरेसनलाई अझै १६ अर्ब बक्यौता तिर्न बाँकी छ।

प्रतिक्रिया