पोखरा । पोखरा बसपार्क क्षेत्रका सुकुम्बासीले सरकारले विकल्प नदिएसम्म हाल बसिरहेको ठाउँ कुनै पनि हालतमा खाली नगर्ने चेतावनी दिएका छन् ।

सोमबार उनीहरुले पोखरामा विरोध र्यालीसमेत गरेका छन् । त्यसअघि पोखरा महानगरपालिकाले सार्वजनिक जग्गाका अनधिकृत संरचना हटाउन ३५ दिने अल्टिमेटम जारी गरेको थियो ।
उनीहरुले सडकमा विरोध गर्दै ३५ दिने सूचना खारेज गर्न माग गर्दै नाराबाजी गरेका छन् । उनीहरुले पाेखरा महानगर ज्ञापनपत्र समेत बझाएका छन् ।