राखी मिजुरे सडकको लागि एघारौं दिनसम्म आईपुग्दा ४०० जना श्रमदाताले गरे श्रमदान

राखी मिजुरे सडकको लागि एघारौं दिनसम्म आईपुग्दा ४०० जना श्रमदाताले गरे श्रमदान

78d0539b-b901-4993-9fd0-4a266c9dfa26

पाेखरा ।

कास्कीको पुरानो सडक राखी मिजुरेको विकासका लागी त्यस भेगका सामाजिक अभियान्तहरुले शुरु गरेको जनश्रमदान अभियानको एघारौं दिन पुग्दा ४०० जना श्रमदाताहरु स्वतस्फूर्त उत्साहका साथ जोडिनुभएको छ ।

आठौं दिन पुगेपछी अभियान सन्चालन कार्यसमिती, सल्लाहकार तथा अनुगमन समितिको संयुक्त बैठक सम्पन्न गरि समीक्षा समेत गरिएको थियो ।

बैठकले उत्साहजनक रुपमा सहभागिता जनाउनुहुने श्रमदाताहरुप्रति धन्यवाद दिँदै कमीकमजोरीहरुको समीक्षा समेत गरेको थियो ।

अभियानलाई निरन्तरता दिन मादी गाउँपालिका वडा नं. ९ र ८ को मिजुरेतर्फको भुभागहरुमा श्रमदान अभियान गर्ने निर्णय गरेसंगै हाल सो भागमा शुरु भएको छ । दिनानुदिन उत्साहजनक सहभागिता रहेको सो जनश्रमदान अभियान समितिका संयोजक एवं मादी ८ का जनप्रतिनिधि ओम प्रकाश गुरुङ्ले बताए । श्रमदान अभियानमा मादी गाउँपालिका वडा नं. ८, ९, १०, ११, १२, पोखरा महानगरपालिका वडा नं. २८ को मिजुरे, थुम्सीकोट, नयाँबजार, मकैखोला, भगवतीटार, सैमराङ, कयारे, ढाेडेनी, भाचोक, सौरे, ठुलोढुङ्ग, साब्ले, घुम्ले, काफलडाँडा, लिप्यानी, रबैडाँडा, पोसी, मुग्री, गोर्जे, गहते, च्यादी, मुग्रीबेँसी, नागीधार, पाखुरीकोट, पातीखोला, बालुवाबेँसी लगायत गाउँका जनताहरु स्वतस्फूर्त अभियानमा सहभागी भइ श्रमदान गरेका छन् ।

अभियानमा स्वतस्फूर्त जोडिनुहुन समितिद्वारा सबैलाई आव्हान समेत गरिएको सल्लाहकार संयोजक बिष्णु आचार्यले बताइन् । साथै महत्वपुर्ण राय सुझावहरु दिन सबैमा अनुरोध समेत गरिएको छ ।

पोखरा २८ को सौरेबाट शुरु गरिएको अभियान पहिरे, भगवतीटार, घुम्ले, थुम्सीकोट हुँदै मिजुरे तर्फ पुग्दा ४०० जनाले श्रमदान गरिसक्नुभएको अभियानका सचिव प्रकाश आचार्यले जानकारी दिएका छन् ।

राखी मिजुरे सडकमा विगत लामो समयदेखी पर्याप्त सरकारी बजेट पर्न नसकी सडकले गति लिन नसकेको हुँदा सडकको अधिकांश ठाउँहरु जिर्ण भइ सवारी आवातजावत गर्न निकै सास्ती भएकोले स्वतस्फूर्त त्यस भेगका सामाजिक अभियान्तहरुले जनश्रमदान अभियान सन्चालन गरेर सडकलाई केही सहज बनाउन लागेको अभियानका सहसंयोजक एवं मादी १२ का जनप्रतिनिधि मिलन ढकालले बताए ।
श्रमदान अभियानमा सहभागी श्रमदाताहरुले सडकमा भएको खाल्डाखुल्डी पुर्ने, सोलिङ गर्ने, नाला काट्ने लगायत कामहरु गरेका छन् ।

भइरहेको जनश्रमदान अभियान गतिविधिहरु बारे त्यस क्षेत्रबाट निर्वाचित संघीय सांसद, प्रदेश सांसद, जिल्लास्थित राजनैतिक दलका पार्टी प्रमुखहरु लाई समेत जानकारी गराएको छ र अभियानमा जोडिनुहुन सबैलाई समितिले आव्हान समेत गरेको सल्लाहकार कृष्ण राज पौडेलले बताए ।

प्रतिक्रिया