बुद्ध विशाल बजार व्यापारिक एशोशियसनको क्यालेन्डर बिमोचन

बुद्ध विशाल बजार व्यापारिक एशोशियसनको क्यालेन्डर बिमोचन

Messenger_creation_3D428C7E-BD3C-4BC7-852B-99030A7DD0EB

पोखरा
बुद्ध विशाल बजार व्यापारिक एशोशियसनले नयाँ वर्षको शुभकामना आदानप्रदान सहित २०८३ सालको टेबल क्यालेन्डर बिमोचन गरेको छ ।
कार्यसमिति,उपसमिति सल्लाहकार सहितको उपस्थितिमा भएको क्यालेन्डर बिमोचन कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशब बहादुर खत्रीले ब्यवसायी साथीहरूको हकहितको लागी आफू सदैव ब्यवसायी साथीहरूको साथमा रहेको बताउदै बुद्ध विशाल बजार पोखराको गहना रहेकोले यस भित्र व्यवसाय गर्ने हामी व्यवसायीहरू साथीहरू मिलेर व्यवसाय प्रवर्द्धनका लागि अगाडि बढ्नुपर्ने बताए । बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका पुर्व अध्यक्ष तथा सल्लाहकार माधव प्रसाद सिग्देलले व्यवसायीको एकताले नै विशाल बजारले विभिन्न सुधार गर्दे परिवर्तन गरिरहेको बताए ।
बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका अध्यक्ष बुद्वि वहादुर कुँवरले सम्पुर्ण व्यवसायीलाई नयाँ वर्ष २०८३ को शुभकामना दिदै नराम्रा कुरालाई भुलेर नयाँ र राम्रो कुरा सिक्दै व्यवसाय बृद्विमा लाग्न व्यवसायीहरूलाई आग्रह गरे ।
कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका उपाध्यक्ष तथा क्यालेन्डर प्रकाशन समितिका संयोजक मनोहरि पौडेलले संस्थालाई चलायमान बनाउनको लागी एशोशियसनले यस्ता नियमित कार्यक्रमहरू गरिरहेको बताउदै बुद्ध विशाल बजार व्यापारिक एशोशियसनमा साधारण सदस्य तथा सल्लाहकार पुर्व अध्यक्षहरूको हैसियत एउटै रहेकोले संस्थालाई समय नदिने र असहयोग गर्ने व्यक्तिहरूलाई संस्थाले सम्मान दिईराख्नुपर्ने जरूरत नरहेको बताए ।

बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका महासचिव थमन सिह गुरूङले सन्चालन गरेको कार्यक्रममा विगत ३३ महिना देखि कार्यालय सचिवको रूपमा कार्यारत कार्यालय सचिव सम्झना कुमारी थापालाई विदाई गरिएको थियो । आफ्नो घरायसी कारणले कार्यालय सचिवबाट उनले राजिनामा दिएकी थिईन् ।

प्रतिक्रिया