कास्की याङ्जाकोटमा एडभान्स फोटो पत्रकारिता तालिम 

कास्की याङ्जाकोटमा एडभान्स फोटो पत्रकारिता तालिम 

Advance Photo Training Photo 2 (1)

पोखरा । कास्कीको मादी गाउँपालिकास्थित याङ्जाकोटमा ‘एडभान्स फोटो पत्रकारिता  भएको छ । नेपाल फोटो पत्रकार संघ, कास्कीको सहकार्य प्रस रजिष्ट्रारको कार्यालयकाे आयाेजनामा भएको तालिम बुधबार सकिएको छ । तालिमको उद्घाटन प्रेस रजिष्ट्रार विमला भण्डारीले गरेकी थिइन् । कार्यक्रममा प्रेस रजिष्ट्रार भण्डारीले एउटा उत्कृष्ट तस्बिर हजारौ शब्दभन्दा पनि बलियो हुने भएकाले समाचारमा फोटो अति आवश्यक रहेको बताइन् ।

तालिमका मुख्य प्रशिक्षक हरी महर्जनले फोटोको कला सिक्नका लागि तालिम फाइदाजनक हुने बताए । प्रशिक्षार्थीहरुको आवश्यकता हेरी प्रशिक्षण दिएर फोटो पत्रकारितामा सँगै हिड्ने उनले सुनाए । नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङले फोटोले समाचारलाई विश्वसनीय बनाउने भएकाले समाचारमा फोटो अनिवार्य रहेको बताए । त्यसैले फोटो पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि प्रेस रजिष्ट्रारको आयोजनामा भएको तालिममा संघले सहकार्य गरेको उनको भनाइ थियो ।

तालिममा फोटोको आधारभूत ज्ञान, फोटोको प्रकार, कम्पोजिसन, फोटो क्याप्सन, फोटो स्टोरी, कानुनी प्रावधानलगायतका विषयमा प्रशिक्षण दिइएको हो । हरि महर्जन, केशवशरण लामिछाने, घनश्याम पौडेल, कृष्णमणि बराल र दुर्गा रानामगरले तालिममा सहजिकरण गरेका थिए ।
तालिममा पोखराका विभिन्न मिडियामा आवद्ध ४० जना फोटो पत्रकार सहभागी थिए ।

प्रतिक्रिया