बालेन्द्र शाहले लिए प्रधानमन्त्रीको पदको शपथ

बालेन्द्र शाहले लिए प्रधानमन्त्रीको पदको शपथ

sapatha-1

काठमाडौं ।  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साहले पद तथा गाेपनियताकाे शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता शाहलाई शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले आजै बिहान नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरु उपस्थित थिए । समारोहमा संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित थिए । प्रधानमन्त्रीको शपथ पहिलोपटक वैदिक–सनातन परम्परा झल्किने गरी गरिएको थियो । समारोहमा सात शंखबाट शंखनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मंगल पाठ गरेका थिए । रास्वपा वरिष्ठ नेता शाहलाई बिहीबार सो पार्टीले संसदीय दलका नेतामा सर्वसम्मत चयन गरेको थियो । मन्त्रीको नामावली ।

बालेन्द्र शाह, प्रधानमन्त्री
– स्वर्णिम वाग्ले, अर्थमन्त्री
– सुधन गुरुङ, गृह मन्त्री
– शिशिर खनाल, परराष्ट्र मन्त्री
– सुनिल लम्साल, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री
– विराजभक्त श्रेष्ठ, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री
– खड्कराज पौडेल (गनेश), पर्यटनमन्त्री
– सस्मित पोखरेल, शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री
– निशा मेहता, स्वास्थ्य तथा जनसंख्या मन्त्री
– विक्रम तिमिल्सिना, सञ्चारमन्त्री
– प्रतिभा रावल, सामान्य प्रशासन मन्त्री
– दीपक साह (महोत्तरी), श्रम रोजगार मन्त्री
– सोविता गौतम, कानुन मन्त्री
– गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री,
सीता वादी महिला, बालबालिका मन्त्री

प्रतिक्रिया