पोखरा । नेपालको इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेड ले अत्याधुनिक ‘वाइफाइ ६’ (WiFi 6) प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ। इन्टरनेट प्रयोगका क्रममा देखिने बफरिङ, कमजोर सिग्नल र कनेक्टिभिटी अवरोधलाई न्युनिकरण गर्ने लक्ष्यसहित कम्पनीले यो सेवा बजारमा ल्याएको जनाएको छ।
डिजिटल जीवनशैली विस्तार हुँदै जाँदा एउटै घरमा धेरै उपकरणहरू एकैपटक प्रयोग गर्नुपर्ने अवस्था बढ्दो छ। यस आवश्यकतालाई ध्यानमा राख्दै विकसित गरिएको वाइफाइ ६ प्रविधिले पुरानो प्रणालीको तुलनामा चार गुणासम्म बढी कार्यक्षमता दिने र लेटेन्सी घटाउने दाबी गरिएको छ। जसका कारण एकै समयमा मुभी हेर्ने, अनलाइन गेम खेल्ने तथा अफिसको काम गर्दा पनि प्रयोगकर्ताले सहज अनुभव पाउनेछन्।
कम्पनीले २५० Mbps देखि ६०० Mbps सम्मका विभिन्न उच्च गतिको प्याकेज उपलब्ध गराएको छ। २५० Mbps को वार्षिक प्याकेज रु. १३,८०० (भ्याटसहित) मा लिन सकिनेछ भने वार्षिक सदस्यता लिने ग्राहकलाई एक महिना अतिरिक्त सेवा निःशुल्क प्रदान गरिनेछ। यससँगै, घरका सबै कुनासम्म समान रूपमा इन्टरनेट सिग्नल पुर्याउन रु. ३,५०० (भ्याटसहित) मा ‘वाइफाइ ६ मेस’ (Mesh) राउटरको विकल्प पनि प्रस्तुत गरिएको छ। विशेष गरी ठूलो घर वा बाक्ला भित्ताका कारण सिग्नल कमजोर हुने समस्या समाधान गर्न यो प्रणाली उपयोगी हुने कम्पनीले जनाएको छ।
पुराना ग्राहकलाई समेत लक्षित गर्दै कम्पनीले अपग्रेड प्रक्रिया सहज बनाएको छ। हालका प्रयोगकर्ताले मात्र रु. ५०० मा आफ्नो पुरानो राउटरलाई नयाँ वाइफाइ ६ ओएनयूमा अपग्रेड गर्न सक्ने व्यवस्था गरिएको छ। ४ के भिडियो स्ट्रिमिङदेखि अवरोधरहित अनलाइन गेमिङसम्मका आवश्यकताहरू पूरा गर्ने लक्ष्यसहित ल्याइएको यो सेवाबारे थप जानकारीका लागि ग्राहकले कम्पनीको कार्यालय वा फोनमार्फत सम्पर्क गर्न सक्नेछन्।