काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ। बैठकमा आज मंगलबार २८ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्। बैठक भोलि बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ।

पार्टी सभापति गगनकुमार थापाले आफ्नो मन्तव्य राख्दै सुरु गरेको आजको बैठकमा महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्ताव राखेका थिए।