प्रहरीको अपरेसन ३६५ मा थप १० वटा मोटरसाइकल नियन्त्रणमा

प्रहरीको अपरेसन ३६५ मा थप १० वटा मोटरसाइकल नियन्त्रणमा

१

पोखरा।  जिल्ला प्रहरी कार्यालय कास्की द्वारा सञ्चालन गरिएको “Operation 365” अभियान अन्तर्गत मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाई) गरी अत्यधिक आवाज निकाल्दै ध्वनि प्रदूषण गर्ने तथा समाजमा त्रास फैलाउने गतिविधि बढ्दै गएको विषयमा प्राप्त व्यापक जनगुनासोका आधारमा कारबाही तीव्र पारिएको छ।

यसै क्रममा मिति २०८२ चैत ९ गतेदेखि खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका का विभिन्न स्थानबाट चर्को आवाज निकाल्दै शान्ति सुव्यवस्थामा खलल पुर्‍याउने थप १० वटा मोटरसाइकल नियन्त्रणमा लिई कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ। हालसम्म “Operation 365” अभियान अन्तर्गत कुल ४१४ वटा सवारी साधन तथा ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको जानकारी गराइन्छ।

प्रहरीले सवारी साधन धनीहरूलाई आफ्नो सवारी साधन मोडिफाई नगरी पूर्ववत् असली स्वरूपमै प्रयोग गर्न अनुरोध गरेको छ। साथै, सवारी साधन मोडिफाई गर्ने कार्यमा संलग्न ग्यारेज, वर्कसप तथा रिकन्डिसन हाउस सञ्चालकहरूलाई समेत यस्तो गैरकानुनी कार्य नगर्न सचेत गराइएको छ। मोडिफाई गरिएको सवारी साधन प्रयोग गरेको पाइएमा सवारी साधन धनी तथा सम्बन्धित व्यक्तिहरूलाई प्रचलित कानून बमोजिम कारबाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ।

प्रतिक्रिया