माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल चैत ११ देखि

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल चैत ११ देखि

mgp volleyball

पोखरा । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रे–४, लाहाचोकमा चौथो  माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ हुने भएको छ ।

माछापुच्छ्रे गाउँपालिका वडा नं–४,लाहाकोको  व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घको समन्वयमा चैत्र ११ देखि १४ गते सम्म उक्त प्रतियोगिता लाहाचोक –४,को महेन्द्र मा.बिको खेलमैदान सञ्चालन हुने गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले जानकारी दिए ।स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगितामा बडी भन्दा बडी सहभागिता जनाउने लक्ष्यका साथ टिम शुल्क निःशुल्क गरिएको  माछापुच्छ्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले  जानकारी दिए ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार २ लाख, द्धितिय पुरस्कार १ लाख र ट्रफि मेडल  रहेको छ । सेमी फाइनलमा उपविजेता दुई टिमलाई नगद रु २५÷२५ हजार  रहेको छ । महिला तर्फ प्रथम पुरस्कार ६० हजार ,द्धितिय पुरस्कार ३० हजार ट्रफि मेडल  रहेको छ ।  सेमी फाइनलमा उपविजेता दुई टिमलाई नगद रु १५÷१५ हजार रहेको छ । त्यसैगरी ११ गते हुने पुरुष छेलो तर्फ प्रथम पुरस्कार  नगद रु १० हजार ,द्धितिय पुरस्कार नगद रु ५ हजार, तृतीयलाई नगद  रु २ हजार र सान्त्वनालाई नगद रु १ हजार रहेको छ । पुरुष छेलो तर्फ पनि  निःशुल्क दर्ता गर्न सकिने छ ।

प्रतिक्रिया

भर्खरै