पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा तत्कालीन महानिर्देशक रतीश ५ लाख धरौटीमा रिहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा तत्कालीन महानिर्देशक रतीश ५ लाख धरौटीमा रिहा

pokhara airport 00

पोखरा । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार मुद्दामा रतिश चन्द्रलाल सुमनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश नारायणप्रसाद पौडेलउमेश कोइरालाको इजलासले बिहीबार उक्त आदेश गरेको हो।

सोही मुद्दामा प्रतिवादी बनाइएका हरि बहादुर खड्कालाई भने साधारण तारिखमा छाड्न अदालतले अनुमति दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल निर्माण लागत अस्वाभाविक रूपमा बढाएर ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको दाबी गर्दै मुद्दा दायर गरेको थियो। आरोप अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणचाइना सिएमसी इन्जिनियरिङबीचको मिलेमतोमा लागत १६ करोड ९६ लाख डलरबाट बढाएर २४ करोड ४० लाख डलर पुर्‍याइएको थियो।

अदालतले सुमनलाई आयोजना प्रक्रियामा प्रत्यक्ष संलग्न देखिएको भन्दै धरौटी माग गरेको हो। उनले भने आरोप अस्वीकार गरेका छन्। खड्काको हकमा भने थुनामा राख्नुपर्ने आधार नदेखिएको अदालतको ठहर छ।

यसअघि सोही मुद्दामा चिनियाँ कम्पनीका प्रतिनिधि रविन रिजाललाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको थियो।

प्रतिक्रिया

भर्खरै