प्रतिनिधि सभा निर्वाचनमा एक भोटका लागि २ सय ८४ रुपैयाँ खर्च

प्रतिनिधि सभा निर्वाचनमा एक भोटका लागि २ सय ८४ रुपैयाँ खर्च

election-750×817

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरकारले एक मतदाताका लागि २८४ रुपैयाँ खर्च गरेको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन खर्चलाई मितव्ययी बनाउन आयोगबाट यसअघि खरिद सामग्री प्रयोगको नीति लिइएको जानकारी दिए । उनका अनुसार ५० प्रकारकामध्ये ३७ प्रकारका निर्वाचन सामग्री प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाटै खरिद गरिएको थियो ।

१३ प्रकारका सामग्री आयोगबाट खरिद भई जिल्लागत रूपमा ढुवानी गरिएको थियो । निर्वाचन प्रयोजनका लागि आयोगबाट ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार माग गरिएकोमध्ये अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड ६६ लाख ९० हजारको स्रोत सहमति प्राप्त भएको थियो । प्राप्त रकममध्ये हालसम्म ३ अर्ब ५४ करोड २८ लाख ७९६ खर्च भएको छ ।

खर्चको दायित्वमध्ये केही रकम भुक्तानी गर्न बाँकी रहेको जानकारी आयोगले गराएको छ । निर्वाचनमा स्वदेशी र विदेशी पर्यवेक्षकले पर्यवेक्षण व्यवस्था मिलाइएकामा अन्तर्राष्ट्रिय पर्यवेक्षणतर्फ २२ कूटनीतिक निकायका १६४ प्रतिनिधि र ३ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिले पर्यवेक्षण गरेका थिए । राष्ट्रियतर्फ ३५ गैरसरकारी संस्थाले पर्यवेक्षण गरेका थिए ।

प्रतिक्रिया

भर्खरै