बुद्ध विशाल बजारमा चैत ७ गते खुल्ला रक्तदान हुने

बुद्ध विशाल बजारमा चैत ७ गते खुल्ला रक्तदान हुने

IMG-508e6b944ebcf57ce187a2ca6f07b77e-V

पोखरा । बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखरा ४ को आयोजनामा आउँदो चैत ७ गते खुल्ला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।
वार्षिक कार्यक्रम तथा सामाजिक उत्तरदायित्व अन्र्तगत यसबर्ष पनि चैतको पहिलो शनिबार “म रक्तदान गर्दैछु तपाई नि” भन्ने मूल नाराका साथ १२औं बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने लागीएको बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष बुद्धि बहादुर कुँवरले जानकारी दिए ।
समुदायमा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने तथा आकस्मिक अवस्थामा आवश्यक पर्ने रगतको आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउदै एशोसियसनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनोहरि पौडेलले इच्छुक रक्तदाताहरुलाई कार्यक्रममा सहभागी भई अमूल्य जीवन बचाउन सहयोग गर्न आग्रह गरेका छन् ।


कार्यक्रममा प्राविधिक सहयोग प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको रहनेछ । कार्यक्रम बुद्ध विशाल बजार परिसरमा रहेको राष्ट्रिय वाणिज्य बैंकतर्फ आयोजना गरिनेछ । उक्त्त रक्तदान कार्यक्रमलाई सफल बनाउन एशोसियसनका उपाध्यक्ष मनोहरि पौडेलको संयोजकत्वमा सदस्यहरु प्रकाश पौडेल, दिनेश गुरुङलाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया