ब्राउनसुगरसहित युवक पक्राउ, ७ दिन म्याद थप

ब्राउनसुगरसहित युवक पक्राउ, ७ दिन म्याद थप

125 arested kaski police

पोखरा । कास्की प्रहरीले लागु औषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ। चैत २ गते राति करिब २१:४५ बजे पोखरा महानगरपालिका–१० रामघाट क्षेत्रमा लागु औषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले २० वर्षीय शिव गिरीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त टोलीले तनहुँ स्थायी घर भई हाल रामघाट बस्दै आएका गिरीको साथबाट ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरेको जनाएको छ। बरामद पदार्थलाई तत्काल डिजिटल तराजुमा तौल गर्दा प्लास्टिक बाहेक ८ ग्राम ३ मिलिग्राम (कुल ८ ग्राम १५ मिलिग्राम) फेला परेको प्रहरीले जानकारी दिएको छ। साथै, एक थान मोबाइल समेत बरामद गरिएको छ।

पक्राउ परेका गिरीमाथि लागु औषध सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया