पोखरा । प्राकृतिक र मानवीय अतिक्रमणको चपेटामा परेको पोखराको पर्यटकीय केन्द्र फेवाताल किनार खपौँंदीमा मंगलबार वृहत सरसफाइ गरिएको छ । आगामी चैत ५ गते बाट पोखरामा हुन लागेको २१ औँ खुल्ला प्याराग्लाङडिङ प्रतियोगितालाई मध्यनगर गरेर सरसफाइन गरिएको हो । प्रतियोगिता ७ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाल हवाइ खेलकुद संस्था(ना), वातावरण संरक्षणका लागि महाअभियान लगायतका संघ संस्थाको अगुवाइमा प्याराग्लाइडिङको ल्याडिङ जोन क्षेत्र खपौँदीमा सरसफाइन गरिएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फोहोर उठाएर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । उहाँले कार्यक्रममा बोल्दै सरसफाइ कार्यक्रमले सचेतना जगाउनुका साथै प्राकृतिक सम्पदाको संरक्षणमा स्थानीयवासीलाई जागरुक गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले फेवातालसँगै प्राकृति सम्पादाको संरक्षणमा महानगर लागि परेको बताउनुभयो । खपौँदी क्षेत्रमा फालिएका सिसाका बोत्तल, प्लाष्टिक जन्य फोहोर लगायतलाई त्यहाँबाट उठाइएको हो । घुम्ने आउने पर्यटकले बोत्तल र प्लाष्टिक लगायतका फोहोर जथाभावी फालिदिँदा ती बस्तुहरु तालमा पुग्दा फेवाताल प्रदुषित हुने भएकाले सरसफाइ गरिएको वातावरण संरक्षणका लागि महाअभियानका संयोजक रामबहादुर पौडेलले बताउनुभयो ।
उहाँका अनुसार प्रत्येक महिनाको ३ गते फेवाताल सरसफाइ कार्यक्रम गरिँदै आएको छ । सरसफाइ कार्यक्रममा प्याराग्लाङडिङ पाइलट, जलारी समुदाय, स्थानीय आमा समूह, पोखरा नगर प्रहरी, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि सहभागी भएका थिए । खपौँदी क्षेत्रबाट संकलन गरिएको फोहोरलाई महानगरले व्यवस्थापन गरेको थियो । फेवातालमा मिसिने खोलाहरुले बगाएर ल्याएको नदीजन्य पदार्थ थुप्रिदैँ जादा तालको आकार घट्दै गएको छ भने मानवीय अतिक्रमण सुन्दर फेवाताल कुरुप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै नागरिक स्तरबाट सरसफाइ अभियान सुरु गरिएको हो ।
अभियानका संयोजक पौडेलले तीन वटै तहका सरकारलाई फेवातालको संरक्षणमा ध्यान दिनको लागि खबरदारी गर्न सफाइ अभियान गरिँदै आएको बताउनुभयो । निकट भविश्यमा फेवातालसँगै साविक लेखनाथ नगरपालिकामा रहेका तालहरुको पनि तालिका बनाएर सरसफाइ अभियान सुरु गरिने उहाँको भनाइ छ ।