पोखरामा खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप चैत ५ देखि

पोखरामा खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप चैत ५ देखि

para

पोखरा ।  खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको २१ औं संस्करण चैत ५ गतेदेखि पोखरामा  हुने भएको छ। नवौं राष्ट्रिय खेलकुदका क्रममा पाइलट निसिम थापाको दुर्घटनापछि स्थगित भएको सोलो प्याराग्लाइडिङप्रभावितको चार वर्षपछि प्रतियाेगिता हुन लागेकाे हाे ।

नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको करिब ९० प्रतिशत तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगितामा नेपालसहित भारत, चीन, साउदी अरेबिया, उज्वेकिस्तान, इटाली र लेबनानका गरी १४ महिला सहित ९० जना पाइलट सहभागी हुने संयोजक सुनिलबहादुर भट्टराई ले बताए।

प्रतियोगिता एक्युरेसी विधामा हुनेछ। टेकअफ स्थल सराङकोट र ल्याण्डिङ खपौदी क्षेत्रमा गरिने आयोजक अध्यक्ष अनिल केसीले जानकारी दिए। यस वर्ष निर्वाचनका कारण क्रस कन्ट्री विधा समावेश नगरिएको छ। प्रतियोगितामा व्यक्तिगत तथा टिमतर्फ प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रोले ५० हजार रुपैयाँ पाउनेछन्। टिमतर्फ क्रमशः ७५ हजार, ५० हजार र २५ हजार तथा महिलातर्फ ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार राखिएको छ।

करिब ३० लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगितामा विभिन्न संघसंस्था, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका लगायतको सहयोग रहनेछ। सुरक्षालाई प्राथमिकता दिँदै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, उद्धार तथा स्वास्थ्य टोली परिचालन गरिनेछ भने मणिपाल शिक्षण अस्पताल को मेडिकल टिम पनि खटाइनेछ। सबै खेलाडीको अनिवार्य बीमा गरिएको आयोजकले जनाएको छ।

पर्यटन प्रवद्र्धनमा प्रतियोगिताले टेवा पुग्ने विश्वास मणिराज लामिछाने ले व्यक्त गरे। प्रतियोगिताबाट गण्डकी प्रदेशस्तरीय खेलाडी छनोटसमेत गरिनेछ। कोरोना र प्रशासनिक कारणले पाँच वर्षदेखि रोकिएको प्रतियोगिता पुनः सञ्चालन हुन लागेको हो।

प्रतिक्रिया

भर्खरै