काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस भएका छन्। सरकारले नियुक्ति गर्ने एक सिटमा उनको सिफारिस भएको हो। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सिफारिस गरेको हो।

बैठकले प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ। त्यस्तै, सरकारले जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको ग्रहण गर्ने निर्णय गरेको छ। तर, प्रतिवेदन सार्वजनिक गर्ने विषयमा भने कुनै निर्णय भएको छैन।