नेपाली कांग्रेसबाट काेकाे बने त सांसद ?

नेपाली कांग्रेसबाट काेकाे बने त सांसद ?

neka

काठमाडौं । संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले २० जना समानुपातिक सांसदहरूको टुंगो लगाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादनको बैठकले १५ महिला र ५ पुरुष सांसदहरूको नाम फाइनल गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

कांग्रेसले समानुपातिकमा २० सीट जितेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी कांग्रेसका ६२ सांसद हुनेछन्। त्यसका लागि कांग्रेसले समानुपातिकमा १५ जना महिला उम्मेदवार छान्नुपर्ने र त्यसै बमोजिम गरिएको हो।

आदिवासी जनजातिबाट ६ जना, खस आर्यबाट ६ जना तथा थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको गरेर कुल ५ जना सांसदको चयन गरिएको छ। प्रस्तावित यी नाम उपर निर्वाचन आयोगले क्लस्टरवाइज रूजु गरेपछि केही मिलाउनुपर्ने भए फेरबदल हुनसक्ने छ।

प्रतिक्रिया