मस्तिस्क घातका कारण एमाले केन्द्रीय सदस्य कृष्ण थापाको निधन

मस्तिस्क घातका कारण एमाले केन्द्रीय सदस्य कृष्ण थापाको निधन

krishna-thapa-1232026112139-watermarked

पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधनको भएको छ । नेकपा एमाले कास्कीको पार्टी कार्यालयमा उहाँ अचानक ढलेपछि उपचारको लागि मनिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारको क्रममा उहाँको आज निधन भएको हो । चिकित्सका अनुसार उहाँलाई मस्तिस्क घात भएको हो ।

नेकपा एमाले क्षेत्रीय कमिटी १ को निर्वाचन समिक्षा बैठक आज पार्टी कार्यालय शान्तिवनमा बसेको थियो भने बैठक सकिएको केहीबरेमा  उहाँ ढल्नुभएको नेकपा एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले जानकारी दिनुभयो । आज दिउँसो करिब साढे दुई बजेतिर उहाँलाई मस्तिस्क घात भएपछि उपचारका लागि अस्पताल लगिएको हो । २०५४ सालमा पोखराका मेयर हुनुभएका थापा २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । २०८२ को प्रतिनिधि सभा निर्वाचनमा कास्की २ बाट थापालाई पार्टीले टिकट दिएकोमा विरोधपछि  रश्मी आचार्यलाई उम्मेदवार बनाएको थियो ।

२०१६ साल चैत १६ गते कास्कीको बाटुलेचौरमा जन्मेका थापा २०३५्\०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा आउनुभएको थियो । २०४३ को जनपक्षीय चुनाव परिचालन कमिटीको संयोजकको जिम्मा लिएर सोमनाथ प्यासीको प्रचारमा खटिनुभएका थापासँग २०४३ मंसिरदेखि २०४६ पुससम्म जेल बन्नु भएकाे थियाे । एमाले केन्द्रीय सदस्य थापा २०६५ सालमा एमाले कास्कीको सचिव, २०७० सालमा एमाले कास्की अध्यक्षसमेत  हुनुभएको थियो । २०७४ सालको प्रदेश सभा निर्वाचनमा थापा कास्की २ (क)बाट निर्वाचित  हुनुभएको थियो । गत मंसिरमा सम्पन्न एमालेको महाधिविेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित थापा कास्की इन्चार्ज भएर पार्टी काममा सक्रिय रहनुभएको थियो । उहाँ हक्की स्वभावकाे हुनुहुन्थ्याे ।

प्रतिक्रिया

भर्खरै