काठमाडौं । अमेरिका इजरायल गठबन्धन र इरानबीचको युद्दका कारण मध्यपूर्वका देशहरुमाथि हमला भइरहेका बेला ती देशका आकाशहरु बन्द भएका छन् ।मध्यपूर्वका देशहरुमा तनावको कारण हवाई उडान रोकिएपछि नेपालमा पनि त्यसको असर परेको छ ।

जसका कारण नेपालबाट विभिन्न देशमा जाने र ती देशबाट नेपाल आएकाहरुको ट्रान्जिटसहित नेपाली कामदारको मुख्य गन्तव्य मुलुकका एयरलाइन्सहरुका उडान बन्द छन् ।
टिकट काटिसकेका यात्रीहरु उडानको जानकारी लिन र उडानको समय सकिएकाहरु आफ्नो टिकटको पैसा फिर्ता लिने उपायबारे सोधपुछ गर्न दिनहुँ काठमाडौंस्थित ती एयरलायन्सका सम्पर्क कार्यालयमा लाइन बसिरहेका छन् । यात्रुहरु दिनहुँ कार्यालयमा भीड लागेपछि कतार एयरलाइन्सले सूचना टाँसकाे छ ।