पोखरा । प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिकतर्फ ८५ लाख ५७ हजार २ सय ५३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ४१ लाख ३३ हजार ३ सय २६ मत पाएको छ ।

निर्वाचन आयोगको विवरण अनुसार नेपाली काँग्रेसले १३ लाख ८६ हजार ३ सय ७२, नेकपा एमालेले ११ लाख ६९ हजार ५ सय २७ मत ल्याएको छ ।
नेपाली कम्युनिस्ट पार्टीले ६ लाख ६ हजार ७ सय १० मत, श्रम संस्कृति पार्टीले २ लाख ९९ हजार १ सय ७४ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रले २ लाख ८१ हजार २ सय १६ मत ल्याएका छन् । यी ६ दल नै राष्ट्रिय दल बन्ने देखिएको छ ।