पोखरा। आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आज भएको फाइनलमा न्यूजिल्याण्डलाई ९६ रनले हराउँदै भारतले विश्वकपको उपाधि जितेको हो । विश्वकपमा भारतको यो लगातार दोस्रो उपाधि हो ।

यसअघि सन् २०२४ मा भएको विश्वकपको उपाधि पनि भारतले जितेको थियो । सन् २००७ को विश्वकपमा पनि भारतले उपाधि जितेको थियो । आज भारतले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्यूजिल्याण्ड १९ ओभरमा सबै विकेट गुमाउँदै १५९ रनमै समेटियो ।