मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ विजयी

मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ विजयी

manang-gurung

मनाङ । प्रति निधिसभा सदस्य पदमा मनाङबाट नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार गुरुङ विजयी भएको प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले जानकारी दिए ।

गुरुङले २ हजार ४१४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार एशोदा गुरुङ (सुवेदी) ले ४५४ मत पाइन् । यद्यपि निर्वाचन अधिकृतको कार्यालयले भने औपचारिक घोषणा गर्न बाँकी रहेको छ । यससँगै यो प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसको दोस्रो जित बनेको छ। यसअघि कांग्रेसले मुस्ताङमा पनि जित हासिल गरिसकेको छ ।

प्रतिक्रिया