पोखरा । फागुन २१ गते सम्पन्न भएको निर्वाचनको मत गणना जारी छ । प्रारम्भिक मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ । प्रारम्भिक मत गणनामा रास्वपाका ३८ उम्मेदवारले अग्रता लिएका हुन। निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस १, एमालेले ६, नेपाली कम्यूनिस्ट पार्टीले १ ठाउँमा अग्रता लिएका छन् ।

कास्कीका तीन वटै क्षेत्रमा रास्वपा उम्मेदवारको अग्रता
कास्की क्षेत्र नम्बर १ पनि रास्वाका उम्मेदवार गणेस पौडेलले अग्रता लिएका छन् । रुपा गाउँपालिकाको २ वटा वडाको मत गनिसक्दा उनले १३ सय ५५ मत, ल्याउँदा नेपाली कांग्रेसका तिलक रानाभाटले ५ सय ९५ मत र नेकपा एमालेका बैवबहादुर अधिकारी क्षेत्रीले ५ सय ३० मत पाएका छन् । कास्की क्षेत्र नम्बर २ मा पनि रास्वपाका उत्तम पौडेलले पनि अग्रता लिएका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३३ र २१ को गरी ६ हजार मत गन्दा पौडेले ३ हजार ७० मत पाएका छन् । नेपपा एमालेका रश्मी आचार्यले १ जहार १४ र नेपाली कांग्रेसका माधव बाँस्तोलाले ९ सय ३२ मत ल्याएका छन् ।
कास्की क्षेत्र नम्बर ३ मा पनि रास्वपा उम्मेदवार विना गुरुङको पनि अग्रता छ । १ सय ३ मत गन्दा उनले ७ सय ५१ मत ल्याएकी छन् भने नेपाली कांग्रेसका मनोज गुरुङले ३ सय ३१ र नेकपा एमालेका दामोदर वैरागीले १ सय ५६ मत पाएका छन् ।