सशस्त्र प्रहरीद्वारा ८ कार्टुन मदिरा नियन्त्रणमा

सशस्त्र प्रहरीद्वारा ८ कार्टुन मदिरा नियन्त्रणमा

WhatsApp Image 2026-03-03 at 20.56.30

पोखरा। आसन्न प्रतिनिधि सभाको निर्वाचन–२०८२ लाई लक्षित गर्दै सशस्त्र प्रहरीले कास्कीमा मदिरा नियन्त्रणमा लिएको छ। कास्कीको रुपा गाउँपालिका–७ दाङसिङ मराङ क्षेत्रमा पोखराबाट रुपातर्फ जाँदै गरेको ग३च ६४३२ नम्बरको जिपबाट पसलमा बिक्रीका लागि झार्दै गरेको अवस्थामा ८ कार्टुन ‘कर्णाली स्याउ’ नामक मदिरा (अन्दाजी मूल्य रु. ७ हजार बराबर) नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा कालिका, कास्की (मालेपाटन)बाट निर्वाचन सुरक्षाका लागि खटिएको सप्रनानि बसन्त ब. बुढाथोकीको टोलीले उक्त मदिरा नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिइएको मदिरा निर्वाचन सुरक्षार्थ रामकोट माध्यमिक विद्यालय मा खटिएको नेपाल प्रहरीको जिम्मा लगाइएको छ।

निर्वाचनको मिति नजिकिँदै जाँदा आचारसंहिता विपरीत हुने कुनै पनि गतिविधि कानुन बमोजिम नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ। निर्वाचन सुरक्षा निर्देशिका–२०८२ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने समेत बताइएको छ।

प्रतिक्रिया