कास्की कांग्रेस १ को चुनाव केन्द्रित बृहत् युवा भेला

कास्की कांग्रेस १ को चुनाव केन्द्रित बृहत् युवा भेला

a7f3c0b2-82ce-4c47-ac54-da6a2d37ce90

लेखनाथ १७ फागुन ।
नेपाली कांग्रेस कास्की क्षेत्र नं १ ले चुनाव केन्द्रित युवा परिचालनका लागि बृहत युवा भेला सम्पन्न गरेको छ। युवा परिचालन उपसमितिका संयोजक डमरजंग गुरुङको अध्यक्षतामा सम्पन्न भएको युवा भेलामा एक हजारभन्दा बढी युवाहरूको उपस्थिति रहेको कार्यक्रममा बोल्दै उम्मेदवार तिलक रानाभाटले अबको विकास युवा मैत्री र युवा नेतृत्वमा केन्द्रित बन्नुपर्नेमा जोड दिएका हुन्। उनले युवाहरूको सहभागिताबाट मात्रै विकास सम्भव भएको भन्दै सबै ठाउँहरूमा युवाहरूको समान सहभागिता हुनुपर्ने आवश्यकता औंल्याए।
युवा भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णबहादुर केसी, पूर्वमन्त्री यज्ञबहादुर थापा, कास्की जिल्ला सभापति किशोर दत्त बराल, प्रदेश सांसद सरस्वती गुरुङ, नेपाल विद्यार्थी सङ्घका नेता रसिस हरि भण्डारी, पोखरा महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सन्तोष बास्तोला, मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङ, महासमिति सदस्य दीपक गुरुङ माइला, क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछाने लगायतले नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउनको लागि सबै युवा हरु एक भएर लाग्नुपर्नेमा जोड दिएका हुन्।
कार्यक्रमको स्वागत मन्तव्य गर्दै महाधिवेशन प्रतिनिधि एवं युवा नेता सुरज जंग राणाले युवाहरूको आशा र भरोसा नै तिलक रनाबाट रहेकोले सबैले रुख चिन्हमा मतदान गरेर भव्यताका साथ विजयी गराउन लागि अनुरोध गरेका हुन् । कार्यक्रमको सञ्चालन नेपाल विद्यार्थी सङ्घ कास्कीका सभापति राजीव भण्डारीले गरेका थिए।

प्रतिक्रिया

भर्खरै