फागुपूर्णिमाकाे दिन कास्कीमा सार्वजनिक कार्यक्रम गर्न रोक

फागुपूर्णिमाकाे दिन कास्कीमा सार्वजनिक कार्यक्रम गर्न रोक

photo holi

फाइल तस्बिर ।

पोखरा । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी कास्कीमा फागु पूर्णिमा (होली) र सार्वजनिक स्थलमा भीडभाड र सांगीतिक कार्यक्रम गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले  एक सूचना जारी गर्दै निर्वाचन आचारसंहिता र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सार्वजनिक स्थानमा मेला, महोत्सव र भीड जम्मा हुने कार्यक्रम गर्न रोक लगाएको हो ।

प्रशासनले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई प्राथमिकतामा राखेको छ । जिल्ला प्रशासन कार्यालयले भनेको छ, ‘निर्वाचन आचारसंहिताको परिपालना र सुरक्षा संवेदनशीलताका कारण अघिल्ला वर्षहरूमा झैँ खुला सडक तथा सार्वजनिक स्थानमा फेस्ट, स्टेज प्रोग्राम, कन्सर्ट र कल्चरल प्रोग्राम जस्ता कार्यक्रम गर्न कुनै पनि व्यक्ति वा संस्थालाई अनुमति दिएको छैन ।’ निर्वाचन नसकिएसम्म यस्ता गतिविधि नगर्न र नगराउन प्रशासनले सचेत गराएको छ ।

होली पर्व मनाउँदा आफ्नो धार्मिक र सांस्कृतिक मूल्यमान्यताको संरक्षण गर्दै सभ्य रूपमा मनाउन प्रशासनले आग्रह गरेको छ । यस क्रममा कसैको इच्छा विपरीत रङ दल्ने, लोला हान्ने र पानी छ्याप्ने जस्ता कार्य गर्न निषेध गरेको छ । बाटो ढुकेर बटुवालाई रङ लगाउने, बाटो अवरोध गर्ने र सवारी साधनबाट रकम असुल्ने जस्ता उच्छृंखल गतिविधि गरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ । प्रशासनले धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम राख्न समेत आह्वान गरेको छ ।

प्रतिक्रिया

भर्खरै