पोखरा । नेकपा एमालेका नेता एवं गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङ (श्याम)ले सामाजिक सञ्जाल फेसबुकको चर्चाको भरमा मानसिकता बनाएर मतदानमा सहभागी नहुन आग्रह गरेका छन् ।

बुधबार आफ्नै गाउँ मादी गाउँपालिका–२ ताङतिङका स्थानीयसँगको भेटमा उनले हल्लाको भरमा पछि नलाग्न गाउँबासीलाई आग्रह गरे । ‘न पृष्ठभूमि बुझेको छ, फेसबुकको भरमा, हल्लाको भरमा हामी लाग्यौँ भने हाम्रो भोलि विकास निर्माणको काममा असर पर्न सक्छ,’ उनले भने, ‘त्यसैले तपाईंहरुले वेदबहादुर गुरुङ, मनबहादुर गुरुङ र बैनबहादुर अधिकारी क्षेत्रीको अनुहार हेरेर यो ठाउँमा काम गर्ने मान्छे र पार्टी एमालेलाई जिताउनुपर्छ ।’
उनले मादीमा सडक, वडा कार्यालय भवन, स्वास्थ्य संस्था एमालेकै अग्रसरतामा बनेको÷बनिरहेको सुनाए । टाढाभन्दा नजिकैको र परिपक्व राजनीतिज्ञलाई जिताउँदा नै कास्की–१ लाई फलदायी हुने उनको भनाइ थियउो । ‘उहाँहरुले के ग¥यो, उहाँको पार्टीले के ग¥यो थाहा छैन । हामीभन्दा टाढाका मान्छे हुनुहुन्छ । त्यसकारण चिनेको, यहीँ हुर्केको परिपक्व राजनीतिज्ञलाई जिताउनुपर्छ,’ उनले भने ।
उनले बैनबहादुरजस्तो कास्की–१ को भूगोल बुझेको उम्मेद्वार अरु कोही नभएको दाबी गरे ।