फागुन २० देखि लगातार ५ दिन सार्वजनिक बिदा

फागुन २० देखि लगातार ५ दिन सार्वजनिक बिदा

public-holiday-sarwajanik-bida

पोखरा ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि ३ दिन सार्वजनिक बिदा हुने भएको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

निर्वाचन आयोगको सिफारिस अनुसार सरकारले ३ दिन बिदा दिने निर्णय गरेको हो । निर्वाचन आयोगको सिफारिस अनुसार तीन दिन बिदा दिँदा मन्त्रिपरिषद्को निर्णय अनुसार १ साता नै बिदा हुने अवस्था छ ।

यसपालि फागुन १८ गते पहाडमा होली अर्थात् फागु पूर्णिमा मनाइँदै छ । फागुन १९ गते तराईमा होलीको बिदा हुन्छ । त्यसलगत्तै २० देखि २२ गतेसम्म निर्वाचनको बिदा हुने सम्भावना छ । साताको अन्त्यमा फागुन २३ गते शनिबार परेको छ । २४ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवस परेकाले सो दिन पनि सार्वजनिक बिदा हुनेछ ।

प्रतिक्रिया

भर्खरै