पोखरा १३ मा तिलक रानाभाटको घरदैलो

पोखरा १३ मा तिलक रानाभाटको घरदैलो

641324865_3780595442072921_6520288214444827079_n

पोखरा १२ फागुन ।
नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाटले पोखरा महानगरपालिका वडा नम्बर १३ मा घर्दैलो तथा मतदाता भेटघाट कार्यक्रम मङ्गलबार सम्पन्न गरेका छन्। भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार रानाभाटले अबको विकास युवा मैत्री र प्रविधिमैत्री योजना बनाउँदै लगिने बताएका छन्। आफूले चुनाव जितेर गएपछि संसदमा पहिलो एजेन्डा युवा मैत्री र सूचना तथा प्रविधि मैत्री विकासका कार्यक्रमहरूलाई देशभर अगाडि बढाउने योजना बनाएको मतदाताहरूसँग बताएका छन्।
मङ्गलवार कार्यक्रममा भद्रकाली चोक, गौडाको मुख, मियापाटन, बीपीमार्ग, शान्तिटोल, काउखोला टोल, पाटनबेसी टोल, घटेखोला, साझा टोल, आर्वा सुनडाँडा, नवदुर्गा टोल, लगायतका स्थानहरूमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले वडा नम्बर १३ को विकाससँगै राष्ट्रिय बजेट का ठूला योजना ल्याउनको लागि अब तिलक रानाभाटको विजय सँगै विकासको नयाँ आयाम थपिने बताएका छन्।
नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नम्बर १३ का सभापति माधवप्रसाद सिग्देलको अध्यक्षतामा घरेलु तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको क्षेत्रीय सचिव ओम प्रकाश गुरुङले जानकारी दिए।

भातृ संगठनहरूलाई सक्रिय बनाउँदै कांग्रेस

नेपाली कांग्रेस कास्की क्षेत्र नं १ ले भातृ संगठनहरूलाई चुनाव केन्द्रित कार्यक्रमहरूमा सक्रिय बनाउन तीव्र रुपमा बैठक तथा मतदाता भेटघाट कार्यक्रमलाई अगाडि बढाएको छ। मङ्गलबार क्षेत्रीय निर्वाचन सचिवालयको कार्यालयमा दलित समुदाय समन्वय उपसमितिको बैठक सम्पन्न गरेको छ । बैठकमा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय पूर्व सहमहामन्त्री जीवन परियारले सबैको सहकार्य र सामिप्यताबाट नेपाली कांग्रेसले देशभरि नै विजयको लहर ल्याउने बताएका छन्। उनले नवप्रवतिशील कांग्रेसले देश विकासमा नयाँ आयाम थप्ने कुरामा जोड दिएका छन्।
सोही कार्यक्रममा क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेले दलित हक अधिकारको सुनिश्चित गर्न कांग्रेसले उच्च भूमिकाका साथ काम गरेको बताएका हुन्
समितिका संयोजक किसान सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दलित अगुवा नेता तथा कार्यकर्ताहरूले आफ्नो भनाइ राखेका थिए भने कार्यक्रमको सञ्चालन युवा नेता रविन सुनारले गरेका थिए।

प्रतिक्रिया