कास्की ३ का एमाले उम्मेदवार दामोदर वैरागीलाई अन्नपूर्ण ८ र ९ का मतदाताको साथ

कास्की ३ का एमाले उम्मेदवार दामोदर वैरागीलाई अन्नपूर्ण ८ र ९ का मतदाताको साथ

Photo (5)

पोखरा ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार दामोदर पौडेल वैरागीलाई अन्नपूर्ण गाउँपालिका वडा नम्वर ८ र ९ का स्थानीय मतदाताले मत दिएर विजयी गराउने प्रतिबद्धता जनाएका छन् । स्थानीय बासिन्दाले विगतमा योजना परेर पनि पूरा हुन नसकेका विकास आयोजनाहरू सम्पन्न गर्नुपर्ने माग अघि सारेका छन् । उल्लेरी, तिखेढुंगा, ताङसिङ, मोहरिया, विरेठाटी, सल्यान, काँडे, अर्मला, लुम्ले लगायतका क्षेत्रमा योजना परेर पनि अधुरा रहेका सडक, खानेपानी, सिंचाइ तथा पूर्वाधार विकासका कामहरू यथाशीघ्र पूरा गर्नुपर्ने उनीहरूको जोड छ ।

उम्मेदवार वैरागीले स्थानीय आवश्यकतालाई प्राथमिकतामा राख्दै अधुरा योजनाहरू सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य घान्द्रुकमा पर्यटन प्रवद्र्धनका लागि कुनै कसर बाँकी नराख्ने उनले बताए । उनले भवन निर्माण, संग्रहालय स्थापना, खानेपानी र सडक पूर्वाधार सुधार, सिंचाई व्यवस्था विस्तार, स्थानीय रोजगारी सिर्जना तथा बढीभन्दा बढी पर्यटक भित्र्याउने कार्यक्रम अघि बढाउने उल्लेख गरे । साथै प्राकृतिक सम्पदाको संरक्षणलाई समेत प्राथमिकतामा राखिने उनले स्पष्ट पारे ।

क्षेत्र नम्बर ३ को समग्र विकासका लागि आफूलाई पार्टीले चुनावी मैदानमा उतारेको उल्लेख गर्दै वैरागीले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को अवधारणालाई जनताको अभिमतमार्फत साकार पार्ने प्रतिबद्धता दोहो¥याए । स्थानीय मतदाताले विकास निर्माणका अधुरा काम पूरा गर्ने शर्तमा समर्थन जनाउँदै क्षेत्रको समग्र उन्नतिको अपेक्षा राखेका छन् ।

प्रतिक्रिया

भर्खरै