युवा पुस्ताको भावना सम्वोधनमा कमी हुने छैन’ : रश्मि आचार्य

युवा पुस्ताको भावना सम्वोधनमा कमी हुने छैन’ : रश्मि आचार्य

Yuba vela (2)

पोखरा । नेपाल कम्यूनिष्ट पार्टी(एमाले)का  कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार रश्मि आचार्यले युवा पुस्ताको भावनालाई कमी हुन नदिने बताएका छन् । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ युवा तथा विद्यार्थी भेलामा बोल्दै उनले युवा पुस्ताले उठाएका भ्रष्टाचार न्यूनिकरण र सुशासनका मुद्दा स्थापित गर्न निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिनिधि सभा सदस्य भएर ताली बजाउन मात्र आफ्नो उम्मेदवारी नभई विद्यमान झण्झटीलो कानूनी व्यवस्थालाई संशोधन गरि मुलुकका रोजगारमूलक शिक्षाको खाँचो औल्याउँदै उनले उपलव्धी प्राप्तिका लागि युवा शक्ति संगठित भएर लाग्नु पर्नेमा जोड दिए । मुलुकमा विकास र सामाजिक सुरक्षाको थालनि गर्ने पार्टी एमाले भएको बताउँदै पर्यटकीय राजधानी पोखरामा पर्यटकको वसाई लम्व्याउन आवश्यक पूर्वाधार तयारीमा जुटने उनको भनाई थियो ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् युवा विद्यार्थी परिचालन कमिटी सहसंयोजक कार्लोस गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एमाले कास्की निर्वाचन परिचालन कमिटीका संयोजक भेषराज बराल, नेतापुष्प ज्योती ढुङ्गाना, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव मदन भण्डारी, कुशल सुनार लगायतले पार्टीलाई चारैतर्पmबाट आक्रमण भएको वर्तमान अवस्थामा संगठित भएर निर्वाचनमा जुट्नुको विकल्प नभएको बताए ।

अनेरास्वयू कास्कीका अध्यक्ष सन्तोष पोखरेलले स्वागत गरेको कार्यक्रम युवा संघ केन्द्रीय सदस्य एवम् युवा विद्यार्थी परिचालन कमिटी सहसंयोजक सरस्वती पुरीले सञ्चालन गरेकी थिईन् । कार्यक्रममा सहभागि युवाहरुले निर्वाचनमा अत्याधिक मतले विजयी गराउन जुट्ने उम्मेदवार रश्मि समक्ष प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

भर्खरै