काठमाडौँ। सुख्खा मौसम सुरु भएसँगै नेपालमा आगलागीका घटना बढ्दै गएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का अनुसार फागुन ७ देखि ८ गतेसम्म देशभर १२ वटा विपद् घटना भएका छन्ज । समा अधिकांश आगलागीका घटना हुन्।

यी घटनाबाट एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। प्राधिकरणका अनुसार करिब ५० लाख १९ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको छ। तनहुँ, सुनसरी, संखुवासभा,धनकुटा, सोलुखुम्बु, तेह्रथुम,उदयपुर, सिरहा, दार्चुला, धनुषा, जुम्ला, झापामा भएका घटनामा प्रहरी, दमकल, आपत्कालीन टोली र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रण गरिएको छ।