जुत्ता व्यवसायी संघ कास्कीको रक्तदानमा ५० युनिट रगत सकंलन

जुत्ता व्यवसायी संघ कास्कीको रक्तदानमा ५० युनिट रगत सकंलन

Screenshot

Screenshot

पोखरा । जुत्ता व्यवसायी संघ कास्कीको पाचौं पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका स्वास्थय सयोजक एवम नेपाल रेडक्रस सोसाइटी कास्कीका निबर्तमान सभापति डण्डराज शर्मा पौडेलले रक्तदान जस्तो पवित्र कार्य गरेकोमा आयोजकलाई धन्यवाद दिदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।

कार्यक्रममा पोखरा उधोग बाणिज्य सघका अध्यक्ष गोकर्ण कार्की  महासचिब शोभा गौतमले कार्यक्रमकाे सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

जुत्ता व्यवसायी संघ कास्कीका अध्यक्ष हेमकृष्ण श्रेष्ठले संघले सामाजिक उत्ररदायित्व बहन गर्दे छैटाै पटक यो रक्तदान कार्यक्रम आयोजना गरेको बताउदै रगत पैसा तिरेर पनि पाँईदैन, पसलमा किन्न पनि पाइँदैन, बेलैमा रगत नपाएमा मान्छेको जीवन जोखिममा पर्ने बताउदै यस्तो पुण्य काम गरेकोमा रक्तदाताहरूलाई धन्यवाद दिएका थिए ।

रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक लिलाम्बर सुबेदीले स्वागत मन्तव्य र महासचिव मुक्ति प्रसाद पनेरुले कार्यक्रम सन्चालन गरेका थिए ।

जुत्ता व्यवसायी संघ कास्कीका अध्यक्ष हेम कृष्ण श्रेष्ठकाे सभापतित्वमा भएको कार्यक्रममा सस्थाका सचिव तथा कार्यक्रम संयोजक हरि प्रसाद भन्डारीले धन्यवाद ज्ञापन संघका  महासचिब  मुक्ति प्रसाद पनेरुले कार्यक्रम सन्चालन गरेका थिए ।

प्रतिक्रिया