मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्चको पोखरामा कार्यालय स्थापना

मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्चको पोखरामा कार्यालय स्थापना

१

पोखरा । पोखरामा मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्चको पोखरामा कार्यालय स्थापना गरिएको छ ।पोखराको वाइचोक नजिकै स्थापना गरिएको कार्यालको मंगलबार उद्घाटन गरिएको हो । संस्थाका केन्द्रीय अध्यक्ष लक्ष्मीकुमारी खाँण र कास्कीका अध्यक्ष सुरज गुरुङले कार्यालयको उद्घाटन गर्नुभएको हो । मञ्चको कास्की शाखा २ वर्ष अगाडि गठन भएको भने कास्कीका २८ जना सदस्य रहनुभएको छ ।

कास्कीका अध्यक्ष सुरज गुरुङले संस्थाले लिएको उद्देश्य हासिल गर्न कार्यालय सहयोग बन्ने बताउनुभयो । केन्द्रीय अध्यक्ष लक्ष्मीकुमारी खाँणले कार्यालय स्थापनासँगै कैदीबन्दीका सरोकारका विषयलाई उठाउन कार्यमा थप मद्दत पुग्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा विभिन्न जिल्लाका मञ्चका जिल्ला अध्यक्ष तथा सदस्यहरुको पनि सहभागी भएका थिए । मानव अधिकार तथा कैदी बन्दी न्यायिक सरोकार नेपाल विगत एक दशकभन्दा बढी समयदेखि नेपालका कारागारहरूमा रहेका कैदीबन्दीहरूको मानव अधिकार र न्यायिक पक्षमा काम गर्दै आएको संस्था हो ।

कारागारमा रहेका कैदीबन्दीहरूको आधारभूत मानव अधिकार सुनिश्चित गर्ने र उनीहरूमाथि हुने विभेद वा दुव्र्यवहार विरुद्ध आवाज उठाउने, निर्दोष व्यक्तिहरू नफसुन् र दोषीले सजाय पाओस् भन्ने मान्यताका साथ कानुनी परामर्श र सहायता प्रदान गर्ने, कारागारको जीर्ण अवस्था, क्षमताभन्दा बढी कैदी राखिनु, स्वास्थ्य सुविधाको अभाव र खानाको गुणस्तर जस्ता विषयमा सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, कैदीबन्दीहरूलाई सजाय भुक्तानपछि समाजमा सम्मानजनक ढंगले फर्कन सक्ने वातावरण बनाउन र उनीहरूको मानसिक स्वास्थ्यका बारेमा वकालत गर्ने काम गर्दै आएको छ । मञ्चको केन्द्रीय साधारण सभा आज पोखरामा भएको छ ।

प्रतिक्रिया