पाहुना टोली मनाङ मर्स्याङ्दीसँग स्तब्ध

आहारारा गाेल्ड कप

पाहुना टोली मनाङ मर्स्याङ्दीसँग स्तब्ध

aha rara gold cup mmc vs tnu

पोखरा । मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी आहारारा पोखरा गोल्डको सेमिफाइनल पुगेको छ । पाहुना टोली थनडरबोल्ड नर्थ युनाइटेड सिक्किम भारतलाई १—० ले पराजित गरी मनाङले सेमिफाइनल यात्रा तय गरेको हो । मनाङको जितमा आशीष श्रेष्ठले गोल गर्नुभयो । निर्धारित समयमा कुनै टोलीले गोल नगरपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको १६ मिनेटमा आशीष श्रेष्ठले गोल गरी टोलीलाई जित दिलाउनुभयो । गोल गर्ने आशीष प्लेयर अफ दी म्याच घोषित हुनुभयो ।

खेलमा दुबै टोलीले पाएका राम्रा अवसरलाई गोलमा परिणत गर्न भने चुकेका थिए । खेलको १३ औँ मिनेटमा मनाङका बिशेष लामाको हेड प्रहार क्रसबार नजिकैबाट बाहिरिएको थियो । खेलको ३३ औँ मिनेटमा मनाङका अनीलकुमार मगरको प्रहार बिपक्षी किपर अभिजित सुब्बाले बचाउनुभएको थियो ।

थनडरबोल्ड नर्थ युनाइटेडका बक्सर प्रधानले १४ मिनेटमा प्रहार गरेको बललाई बिपक्षी किपर विशाल केसीले पञ्च गरी बाहिर थाल्नुभएको थियो । खेलको १६ औँ मिनेटमा सुरग क्षेत्री प्रहारलाई विपक्षी किपर विशाल केसीले बचाउनुभयो । खेलको २७ औँ मिनेटमा बक्सर प्रधानले प्रहार गरेको फ्रिकिकलाई बिपक्षी किपर विशालले बचाउगर्नुभयो । थनडरबोल्डका प्रशिक्षक आशीष श्रेष्ठले स्कोर गर्न नसक्दा पराजय भएको बताउनुभयो । मंगलबार अन्तिम सेमिफाइनल प्लानिङ ब्वाइज युनाइटेड र आभा फुटबल क्लब उज्वेकिस्तानबिच दिउँसो ३ बजे खेल हुनेछ ।

प्रतिक्रिया