जाउलाखेल क्लब आहारारा पोखरा गाेल्ड कपको सेमिफाइनलमा

जाउलाखेल क्लब आहारारा पोखरा गाेल्ड कपको सेमिफाइनलमा

aha 2

पोखरा । जाउलाखेल युथ क्लब पोखरामा जारी २५ औँ संस्करणको आहारारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३—० गोलले पराजित गरी अन्तिम चारमा स्थान बनाएको हो ।

जाउलाखेलका लागि धर्बेन्द्र कुँवर, निकोलस र सुजन गुरुङले एक/एक गोलको योगदान दिनुभयो । खेलको ४८ औँ मिनेटमा धर्बेन्द्र कुँवरले गोल गरेर टोलीलाई अग्रता दिलाउनुभयो । खेलको ८८ औँ मिनेटमा निकोलसले गोल गर्दै जाउलाखेलको अग्रता दोब्बर बनाउनुभयो । अग्रता देब्बर बनाउन गोल गर्नुभएका निकोलस प्लेयर अफ दी म्याच घोषित हुनुभयो ।

खेलको ९१ औँ मिनेटमा सुजन गुरुङले गोल गर्दै जितलाई सुनिश्चित पार्नुभयो । खेलमा जाउलाखेले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेन भने चर्च ब्वाइजले पनि पाएका केही अवसरलाई गोलमा परिणत गर्न नसक्दा प्रतियोगिताबाट नै बाहिरिएको छ । चर्चा ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठ धरानमा खेलेर पोखरा जादा खेलाडी थाकेको र केही खेलाडी घाइते हुँदा राम्रो खेलपनि स्कोर गर्न नसकेको बताउनुभयो । सोमबारको खेल

यसअघि शनिबार भएको खेलमा नेपाल पुलिस क्लबलाई सडेन डेथको सिकार बनाउँदै आयोजक सहारा क्लब सेमिफाइनलमा पुगेको छ । पहिलो क्वार्टरफाइनल खेलमा सहाराले आहारारा पोखरा गोल्ड कपमा ६ पटकको विजेता पुलिसलाई सडेन डेथमा ६—५ ले पराजित गर्दै सेमिफाइनल पुगेको हो ।

सहारा र पुलिसबिचको खेल निर्धारित ९० मिनेटको समयमा दुबैतर्फ एक÷एक, थपिएको अतिरिक्त समयमा गोल हुन नसके पछि टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि दुबै तर्फ ४÷४ गोलले खेल बराबरीमा पुगेपछि पहिलो सडेन डेथमा पनि दुबै तर्फ एक÷एक गोल भयो भने दोस्रो सडेन डेथमा सहाराले जित निकालेको हो । सहाराले एक पटक मात्र उपाधि जितेको छ ।

प्रतिक्रिया